नवलपरासीको जंगलमा नवजात शिशु मृत अवस्थामा फेला





कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नवजात शिशु मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार हुप्सेकोट गाउँपालिका ४ शंखदेव निर जंगलमा नवजात शिशु मृत अवस्थामा फेला परेको हो ।
स्थानीय बासिन्दाका अनुसार टाउकोमा चोट लागेको अवस्थामा मृत भेटिएका उक्त बच्चा कसैले हत्या गरेर फालेको हुन सक्ने देखिएको छ ।
प्रहरी उपरीक्षक मल्लले बालकको शव मंगलबार राति नै घटना स्थलबाट उठाएर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

घटना स्थलको प्रकृति हेर्दा कसैले बच्चा जन्मनासाथ हत्या गरेर फालेको हुन सक्ने अनुमान गरिएको छ । मृत बालकको शव मंगलबार दिउँसो नै बाटोमा हिड्ने बटुवाले देखेर प्रहरीलाई खबर गरेको भए पनि अबेर मात्र बालकको शव उठेको थियो।







सम्बन्धित
Loading...