कोरोनाबाट मृत्यु भएकाहरुको शव वडाले नै ब्यबस्थापन गर्ने

होम आइसोलेशनमा मृत्यु भएका हरुको शव उठाउने ब्यक्तिको अभाव नहोस भन्नका लागि यो निर्णय गरेका हौं - वडा अध्यक्ष महतो

492







कार्तिक- ५ , चितवन । होम आइसोलेशनमा कोरोनाबाट मृत्युु भएकाहरुको शव अब आफन्तले नै ब्यवस्थापन गर्नुपर्ने भनी सरकारले गरेको निर्णयका विरुद्धमा चितवन कालिका नगरपालिकाको वडा नं ५ ले भने आफ्ना वडाबासीहरुमा यस किसिमको भवितब्य आइपरेमा शव ब्यवस्थापनको जिम्मा वडा कार्यालयले नै लिने र मृतकको परिवारलाइ क्षतिपूर्ति समेत उपलब्ध गराउने निर्णय गरेको छ ।

बुधबार वडा अध्यक्ष जियन महतोको अध्यक्षतामा बसेको बैठकले कालिका नगरपालिका वार्ड नं ५ का वडाबासी कोहि कसैको कोरोना पुष्ठी भई होम आइसोलेशनमा मृत्युु भएमा शव ब्यवस्थापन गर्नको लागि मृतकको परीवारलाइ रु १५,००० ( पन्ध्र हजार ) राहत स्वरुप उपलब्ध गराउने र वडा कार्यालयको सहायतामा शव ब्यवस्थापन गरीदिने निर्णय गरेको हो ।

कालिका ५ मा केही दिन अघि कोरोना संक्रमण पुष्ठि भई एक ब्यक्ति को निधन भएकोमा मृतकको परीवारलाइ राहत स्वरुप पन्ध्र हजार रुपैयाँ आज नै उपलब्ध गराइसकिएको वडा अध्यक्ष महतोले जानकारी गराएका छन ।

You might also like
Loading...