राष्ट्रिय सरोकार मञ्च नवलपुर द्वारा सनातन धर्म संरक्षण अभियान सुरु


गैंडाकोट । राष्ट्रिय सरोकार मञ्च नवलपुरले एकैपटक ३ वटा अभियान सुरु गरेको छ । सरोकार मञ्च नवलपुरका अध्यक्ष एवं अभियानका संयोजक सन्तोष अधिकारीका अनुसार जिल्लामा एक घर एक रुद्राक्षको विरुवा रोपण गर्ने, एक घर एक ओमकार झण्डा फहराउने र गौ संरक्षणका लागि सहयोग गर्ने रहेको छ ।




गैंडाकोट ५ मा रहेको गणेश मन्दिरमा रुद्राक्षको विरुवा रोपण गरी अभियान सुरु गरिएको र अभियान थाहा पाउनासाथ देशका विभिन्न ठाउँबाट अभियानमा जोडिन चाहानेहरु वढेको अधिकारीले बताउनुभयो ।

विहान उठ्नासाथ रुद्राक्षको विरुवामा पानी दिनाले पितृलाई पुग्ने विश्वास रहेको अधिकारीले बताउनुभयो । त्यस्तै प्रत्यकको घरमा ओमकार झण्डा फहराइनुको उद्देश्य धर्म परिवर्तनलाई रोक्नु रहेको अधिकारीको भनाई छ । पछिल्लो समय गरिव र अशिक्षित भएको ठाउँमा गई धर्म परिवर्तन गराउनेहरु वढेको भन्दै अव सनातनी हरुको घरघरमा झण्डा फहराइने र आफ्नो सनातन धर्मप्रतिको भाव वढाउने अभियानको उद्देश्य रहेको जानकारी दिनुभयो । नवलपुरमा सम्पन्न भएसँगै देशभरका मठ मन्दिरसँग सहकार्य गरेर अभियानलाई देशव्यापी गराउने अधिकारीले बताउनुभयो ।







सम्बन्धित
Loading...