नवलपुरका प्रमुख जिल्ला अधिकारीमा कोरोना संक्रमण
नवलपरासी । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीमा कोरोना भाइरस देखिएको छ ।
आफूसँगै बस्दै आएका परिवारका एक जना सदस्यमा कोरोना भाइरस पुष्टि भएपछि पिसिआर परीक्षण गर्दा प्रमुख जिल्ला अधिकारी पंगेनीलाई कोरोना भाइरस पुष्टि भएको हो ।
पंगेनीको ४ दिन अघि स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएको थियो । विहीबार आएको रिपोर्टमा प्रमुख जिल्ला अधिकारी पंगेनीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
प्रमुख जिल्ला अधिकारी पंगेनी आफ्नै कोठामा विगत ४ दिनदेखि होम क्वारेन्टाइनमा रहेका थिए । उनी अहिले होम आइसोलेशनमा रहेकी छिन् । प्रमुख जिल्ला अधिकारीलाई केही दिन अघि रुघा लागेको भए पनि अहिले भने स्वासथ्य अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी पंगेनीले दाउन्ने न्यूजलाई जानकारी दिइन् ।
नवलपुरमा संक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । विहीबार नवलपुरमा १६ जनामका संक्रमण पुष्टि भएको छ । यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय १३ पुगेको छ भने नवलपुरमा अहिलेसम्म १ हजार ४ सय ३७ जना संक्रमित फेला परेका छन् ।
ति मध्ये १४ जनाको निधन भएको छ भने ९ सय १० जना निको भएका छन् ।
https://www.youtube.com/watch?v=CQxYEaRBq5s
