चितवन तेक्वान्दो संघ द्वारा तेक्वान्दोका उत्कृष्ट खेलाडीलाइ सम्मान

139







चितवन । चितवन जिल्ला तेक्वान्दो संघले १३ औं दक्षिण एसियाली खेलकुदमा पदक भित्र्याउन सफल खेलाडी हरुलाइ बिहीवार एक कार्यक्रमको आयोजना गरी नगद राशी र सम्मानपत्र द्वारा सम्मान गरेको छ।

जिल्ला तेक्वान्दो संघ चितवनका कार्यबाहक अध्यक्ष माष्टर गोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सभाका सांसद कृष्ण खनाल र बिशिष्ठ अतिथि रत्ननगर नगरपालिकाका प्रमुख नारायण बन द्वारा पदक बिजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने खेलाडीहरुमा तेक्वान्दो खेलाडी पार्वती गुरुङ (स्वर्ण र कास्य), संगीता बस्याल (स्वर्ण ), शिशिर श्रेष्ठ (कास्य), जित बहादुर बोट (कास्य) पदक बिजेता र एसियन खेलाडी अरुण अधिकारी र चितवन जिल्लाका कुशल प्रशिक्षक ग्र्याण्ड माष्टर रोशन खान रहेका थिए ।

चितवन जिल्ला तेक्वान्दो संघले पहिलो पटक सम्मान कार्यक्रम गरेकाले पदक बिजेता खेलाडिहरु निकै हर्षित देखिन्थे भने आगामी दिनहरुमा खेलकुद बाट नै राष्ट्रका लागी केही गर्न सक्ने हौसला र मनोवल बढेको बताएका थिए ।

You might also like
Loading...