सञ्चारकर्मी तथा युवा ब्यवसायी दिवश सम्मानित


केशव तिवारी –  कार्तिक ७ चितवन । पुर्वी चितवनको खोलेसिमल ब्याडमिन्टन टिम द्वारा आयोजना गरीएको ब्याडमिन्टन प्रतियोगीता समापनको अवशरमा बिहिवार सञ्चारकर्मी तथा युवा ब्यबसायी दिवश सिंजाली मगरलाई सम्मानित गरिएको छ ।



सञ्चारकर्मी दिवशले कालिका नगरपालिकाका युवाहरूलाई खेलकुदमा लाग्न प्रोत्साहन गरेको भन्दै आयोजक टिमले सम्मान गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका कालिका नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिनोद रेग्मीले उनलाई सम्मानपत्रले सम्मानित गरेका थिए ।

पछिल्लो समय कालिका नगरपालिकाका युवाहरूलाई निशुल्क रुपमा खेलकुद सामाग्री बितरण गरेर प्रोत्साहन गरीरहेका दिवशले पटक पटक सामाजिक कार्यहरुमा अगुवाइ गर्दै आइरहेका छन ।



सम्बन्धित
Loading...