दाउन्ने साप्ताहिकका संस्थापक सम्पादक डा. बस्यालको उपन्यास संग्रामपुर बजारमा

142







कावासोती । दाउन्ने साप्ताहिकका संस्थापक सम्पादक डा. शिवशंकर बस्यालको उपन्या संग्रामपुर प्रकाशित भएको छ ।
माओवादी जनयुद्ध र जनक्रान्तिमा आधारित उक्त उपन्यासका लेखक साहित्यकार एवम् पत्रकार डा. शिवशंकर बस्याल कम्युनिष्ट विचारमा क्रान्तिकारी धारका लेखक हुन् ।
कोराना महामारीको बीचमा विभिन्न विधाका तीन महत्वपूर्ण माक्र्सवादी कृतिहरू प्रकाशित भएका छन् ।
नाटककार खेम थपलियाको नाट्य कृति ‘माओ जे दोङ’, कथाकार आरपी तिमिल्सिनाको कथा सङ्ग्रह ‘अङ्कुरण’ र उपन्यासकार डा. शिवशंकर बस्यालको उपन्यास ‘सङ्ग्रामपुर’ प्रकाशनमा आएका हुन् ।
खेम थपलियाद्वारा लिखित ‘माओ जे दोङ’ नाटकमा माओसित सम्बन्धित विभिन्न ऐतिहासिक सन्दर्भलाई नाट्यीकरण गरिएको छ ।
९ दृश्यमा संरचित ‘माओ जे दोङ’ नाटक १६० पृष्ठ रहेको छ ।
त्यसैगरी, कथाकार आरपी तिमिल्सिनाद्वारा लिखित ‘अङ्कुरण’ कथा सङ्ग्रहमा १७ वटा विचारोत्तेजक कथाहरू सङ्गृहीत छन् ।
‘अङ्कुरण’ कथा सङ्ग्रह १४४ पृष्ठ रहेको छ ।
त्यसैगरी, उपन्यासकार डा. शिवशंकर बस्यालको उपन्यास ‘सङ्ग्रामपुर’ मा जनयुद्ध, सङ्क्रमणकाल र एकीकृत जनक्रान्तिका सन्दर्भहरूलाई औपन्यासीकरण गरिएको छ । ‘सङ्ग्रामपुर’ उपन्यास २५६ पृष्ठ रहेको छ ।

 

You might also like
Loading...