एक लाख ६८ हजार नगद सहित कावासाेतीमा जुवाकाे खालबाट ५ जना पक्राउ


कावासाेती । कावासाेतीमा नवलपुर प्रहरीले १ लाख ६८ हजार २ सय २५ रूपैयाँ नगद सहित ५ जनालाई जुवाकाे खालबाट पक्राउ गरेकाे छ ।





जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासाेती १४ निवासी प्रेमलाल महताेेकाे घरमा काैडा खेलीरहेकाे अवस्थामा गएराति नवलपुर प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ पर्नेमा कावासाेती २ का ४४ बर्षीय श्याम श्रेष्ठ, कावासाेती १ का २७ बर्षीय विनाेद सुनार, कावासाेती ८ का ३४ बर्षीय सन्ताेष परियार, कावासाेती १४ का ३६ बर्षीय मिनबहादुर थारू र ४० बर्षीय नारायण महताे रहेका छन् ।







सम्बन्धित
Loading...