नवलपुरमा आइतबार १२१ जना नयाँ संक्रमित थपिए


 




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा आइतबार कोभिड १९ का १ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।


जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार कावासोतीमा सबैभन्दा बढी ६८ जना, देवचुली नगरपालिकामा ४३ जना र गैडाकोट नगरपालिकामा १० जना थपिएका हुन् ।

यो सहित नवलपुरमा संक्रमितको संख्या १५ सय ९३ जना पुगेको छ । नवलपुरमा अहिले ५ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।

नवलपुरमा अहिलेसम्म कोभिड १९ का कारण १६ जनाले ज्यान गुमाएको छ । आइतबार रिपोर्ट आएका १२१ जना मध्ये १ जना स्वाब संकलन गरी पिसिआर रिपोर्ट कुर्दा कुर्दै ज्यान गुमाएका महिला रहेका छन् ।

कावासोती ११ निवासी करिब ४२ बर्षीय महिलाको केही दिन अघि दिन भएको थियो । उनको घर सबैका रिपोर्ट पोजेटिभ आएको छ । ति महिलाकी आमाको कही दिन अघि कोरोनाकै कारण निधन भएको थियो ।

नवलपुरमा केही दिन यता स्वाब संकलन भने राकिएको छ । दशैं अगाडि कुनै पनि स्वाब संकलन नहुने जनाइएको छ ।
यस अघि संकलित स्वाबहरु मध्ये केहीको अझै रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।




सम्बन्धित
Loading...