पूर्वी नवलपरासीमा कोरोना संक्रमित पुरुषको मृत्यु





नवलपरासी- पूर्वी नवलपरासीको कावासोतीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–२ का ७७ वर्षीय पुरुषको सोमबार बिहान डन्डास्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो ।




कात्तिक ३ गते चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो । सोमबार बिहान ३ बजे मध्यविन्दुस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लामा १६ सय जनामा कोरोना संक्रमण भइसकेको छ ।




सम्बन्धित
Loading...