आज विजयादशमी, मान्यजनको हातबाट टीका ग्रहण गरिँदै
काठमाडौँ- बडादशैँको आज मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।
टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०:१९ बजे उत्तम रहे पनि दिनभरी नै टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतया मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए ।
https://www.youtube.com/watch?v=vImrmNPMtD8