भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु


चितवन- चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।



भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।




उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट समेत पीडित थिए ।

https://www.youtube.com/watch?v=L1RK_Gc6spM



सम्बन्धित
Loading...