सिरियामा हवाई हमला: ५० जनाको मृत्यु

100







सिरियाको इदलिव प्रान्तमा भएको हवाई हमलामा ५० जनाको ज्यान गएको छ । रुसी सेनाले गरेको हमलामा टर्की समर्थित लडाकुहरु मारिएका हुन् ।

सिरियामा रहेको फायलक अल शाम नामक लडाकु समुहलाई निशाना बनाइ गरिएको हमलामा कयौं लडाकु घाइते भएका छन् । टर्की र रुसबीच सिरियाको इदलिव प्रान्तका लागि भएको युद्धबिरामका बीच रुसले हवाइ हमला गरेको हो ।

युद्धबिरामका क्रममा टर्कीले सिरियाली राष्ट्रपति बसर अल असदको समर्थनमा रहेको रुसको बिश्वास नभएको भन्दै रुसले यद्धबिराम तोड्दै आक्रमण गरेको खण्डमा आफुहरुले पनि जवाफी कारबाही गर्ने चेतावनी यसअघि नै दिएको थियो ।

युद्धको मारमा परेको लाखौं सिरियाली जनता पलायन भएको अवस्थामा रुसी सेना र टर्की समर्थित सेनाबीच युद्धबिराम भएपछी सिरियाली जनता पलायन हुन छोडेको बेला भएको यस हमलाले सिरियाली जनता थप मारमा परेका छन् ।

You might also like
Loading...