होङसी सिमेन्ट उद्योगका लागि विद्युत पुर्याउन भन्दै ५६ सय रुख काटिदै
होङसी शिवम् सिमेन्ट उद्योगमा आवश्यक विद्युत पुर्याउनका लागि निर्माधिन रहेको बर्दघाट–सर्दी १३२ केवि प्रसारण लाईनका लागि बनाईएका टावर ।
गोपी ज्ञवाली –
नवलपरासी । नवलपरासीको सर्दीमा संचालनमा रहेको होङसी शिवम् सिमेन्ट उद्योगमा आवश्यक विद्युत पुर्याउनका लागि बर्दघाट–सर्दी १३२ केवि प्रसारण लाईन निर्माण गर्न लागिएको प्रसारण लाईन क्षेत्रमा ५ हजार छ सय रुख काटिने भएका छन ।
विनयत्रिवेणी गाँउपालिकाको वडा नम्बर २ सर्दीमा संचालित होङसी शिवम् सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने विद्युत सरकारले दिनु पर्ने सहमति अनुसार १ सय ३२ केवि प्रसारण लाईनको निर्माण गर्न लागिएको हो ।
नेपाल सरकार उद्योग मन्त्रालयको लगानीमा बर्दघाट नगरपालिकाको विद्युत देखि दाउन्ने, दुम्किवास हुदै १ सय ३२ केवि प्रसारण लाईन सर्दीमा रहेको सिमेन्ट उद्योगमा पुग्ने गरि प्रसारण लाईनको विस्तार गरिन लागेको सो क्षेत्रमा दाउन्ने धार्मिक बनको अधिकांश क्षेत्र पर्ने भएकाले ठूलो संख्यामा रुख काट्नु पर्ने भएको वर्दघाट–सर्दी १ सय ३२ केवि प्रसारण आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले बताएका छन ।
वर्दघाटदेखि उत्तरतर्फको पहाडी जंगलको २० किलोमिटरको दुरी पार गरि प्रसारण लाईन दाउन्नेको मन्दिर हुदै सर्दीमा रहेको होङसी शिवम् सिमेन्ट उद्योगमा पुर्याईने छ । सो प्रसारण लाईनको निर्माणका लागि नेपाल सरकार उद्योग मन्त्रालयले ४५ करोड रुपियाँ विनियोजन गरेको छ ।
२०७४ सालदेखि निर्माण कार्य शुरु गरेको बर्दघाट–सर्दी १३२ केवि प्रसारण लाईन आयोजनामा जम्मा ६६ वटा टावर बन्न हुने भएका छन् । यस प्रसारण लाईनबाट तीन वटा विद्युत सर्किडहरु जाने छन जस मध्य दुई वटा होङसी शिवम् सिमेन्ट उद्योगका लागि जाने छन भने एउटा सर्किड दुम्किवास र सर्दीका स्थानियवासीहरुका लगिने दिईने योजना रहेको आयोजना प्रमुख पाण्डेले बताए ।
विद्युत प्रसारण लाईनको क्षेत्रमा दाउन्ने डांडाको अधिकाश धार्मिक बन क्षेत्र पर्ने भए पछि सो बन क्षेत्रमा पर्ने रुखहरुको कटानादेश बन मन्त्रालयबाट आउने ढिलाई गरेका कारण फाउन्डेसन निर्माणमा ढिलाई भएको भए पनि अहिले बन मन्त्रालयले रुखहरुको कटान आदे दिए पछि जम्मा ५ हजार ६ सय ठुला रुखहरु काटिने भएको बताईएको छ ।
२०७६ असोजमा निर्माण सकिनु पर्ने यो आयोजनाको टावर फाउन्डेसन निर्माणका लागि केही स्थानियबासीहरु विरोध वा बडि पैसाको माँग राखी अवरोध गरेका कारण र बन क्षेत्रमा पर्ने रुखहरुको कटान आदेशकामा भएको ढिलाईका कारण आयोजनाले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेर म्याद थप गरेको १३२ केवि प्रसारण लाईन आयोजनाका प्रमुख पाण्डेले बताए ।
