नवज्योति महिला सहकारीले थाल्यो आफ्नै भवनबाट सेवा आरम्भ

297







पूर्वी नवलपरासीको कावासोतीस्थित नवज्योति महिला सहकारी संस्थाले आजदेखि आफ्नै भवनबाट सेवा आरम्भ गरेको छ ।

कावासोती नगरपालिका ८ थकालीचोकमा कार्यालय रहेको यो सहकारीले सोही वडाको ज्ञानोदय स्कुल नजिक आफ्नै भवनबाट सेवा आरम्भ गरेको हो ।

सहकारीको आफ्नै जगेडाकोषबाट ३५ लाख लगानीमा भवन निर्माण कार्य सम्पन्न गरी आजबाट आफ्नै भवनबाट सेवा आरम्भ गरेको सहकारी संस्थाकी ब्यवस्थापक मञ्जु लम्सालले बताउनुभयो ।

संस्थाकै संस्थापक सदस्य मिठुमायाँ गिरीले अनुदान स्वरुप उपलब्ध गराएको १० धुर जग्गामा नवज्योति महिला बचत तथा ऋण सहकारी संस्थाले कार्यालय स्थापना गरेको हो ।

ब्यवस्थापक लम्सालकाअनुसार ८ सय ७४ जना महिला शेयर सदस्यहरु रहेको यो सहकारीको चुक्तापूँजी ७९ लाख ५३ हजार ३ सय रुपैयाँ छ भने कुल बचत ३ करोड ६ लाख ६३ हजार रहेको छ ।

कावासोती नगरपालिकाको ७, ८, ९ र १० गरी ४ वटा वडा कार्यक्षेत्र रहेकको यो सहकारीले अहिले ५ करोडको कारोबार गर्दै आएको छ ।

हाल सस्थाका सदस्यहरुलाई डेढ लाख सम्म बिना धितो ऋण प्रवाह गर्दै आएको नवज्योति महिला सहकारी २०६२ चैत २१ गतेदेखि २५ जना महिला सदस्यहरुले सञ्चालन गरेका थिए ।

You might also like
Loading...