थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१४ हजार ९८९ जनाको परीक्षण हुँदा २ हजार १५६ पुरुष र १ हजार ३६१ महिला गरी ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ ।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।
२४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जले ज्यान गुमाएका छन् ।
https://www.youtube.com/watch?v=3PVUjKjEb6U&t=15s