सञ्चारकर्मी बस्यालको निधन


शारदा झेडी मगर –





कावासोतीका सञ्चारकर्मी राधा बस्यालको निधन भएको छ । मध्यविन्दु एफएम १०१ मेगाहर्जका कार्यक्रम प्रस्तोता राधा वस्यालको शुक्रवार निधन भएको छ ।

क्यान्सर रोगको उपचार गराउदै आएकी वस्यालको २८ बर्षको उमेर निधन भएको हो ।




बि सं २०४८ साल फागुन ९ गते जन्मिएकी वस्याल विगत १० बर्ष देखि मध्यविन्दु एफएममा कार्यरत थिइन । विगत ३ बर्ष अघि क्यान्सर रोग देखिए पछि उपचार गरि सामान्य जीवन जीवनमा फर्किएकी थिइन।

क्यान्सर रोगका वारेमा समुदायमा सचेतना अभियान समेत चलाउदै आएकी राधा वस्यालले पछिल्लो समयमा आफ्नै पहलमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकी थिइन।

मध्यविन्दु एफएममा कार्यक्रम प्रस्तोता, रिपोटर, समाचार वाचक लगायतका पदमा रहि क्यानसर उपचार पछि नारी आवाज कार्यक्रमलाई निन्तर रूपमा सञ्चालन गर्दै आएकी थिइन्।

शुक्रवार साझ ५ वजे आफ्नै निवास कावासोती २ सिमलघारीमा उनको निधन भएको हो ।

बस्यालको शनिबार अन्तिम संस्कार गरिएको छ।

 




सम्बन्धित
Loading...