पूर्वी नवलपरासीमा होम आइसोलेसनमा रहेका २ जना संक्रमितको मृत्यु




पूर्वी नवलपरासीमा कोरोना संक्रमित भएर होम आइसोलेशनमा रहेका दुई जनाको निधन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा शनिबार विहान ०३ः३० बजेर घरमै निधन भएको हो ।
कात्तिक १३ गते कोरोना पोजेटिभ देखिएका ति पुरुष घरकै आइसोलशनमा उपचाररत रहेका थिए ।
त्यसैगरी गैंडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । उनीहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाह संस्कार गर्ने जनाइएको छ ।
उनीहरु दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको आफन्तले दावी गरेका छन् ।
नवलपुरमा यस अघि चितवनमा उपचाररतहरुको निधन हुने गरेको भए पनि पछिल्लो समय जिल्ला भित्रैकै अस्पताल र होम आइसोलशनमा रहेका कोरोना संक्रमितहरुले पनि ज्यान गुमाएका छन् ।



सम्बन्धित
Loading...