हुप्सेकोट गाउँपालिका अध्यक्षलाई पनि कोरोना


 



नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेलाई कारोना संक्रमण देखिएको छ । पाण्डेसहित हुप्सेकोट गाउँपालिकाका ८ जनालाई आज संक्रमण देखिएको हो ।

गत कार्तिक १३ गते ४९ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पोखरा पठाईएकोमा अध्यक्ष पाण्डे सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हुप्सेकोट गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।




कोरोना पुष्टि हुनेमा गाउँपालिकाअध्यक्ष र ४ कर्मचारी, १ जना शिक्षक, १ जना प्रहरी र १ जना स्थानीय किशोरी रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

https://www.youtube.com/watch?v=L1RK_Gc6spM&t=126s



सम्बन्धित
Loading...