पश्चिम नवलपरासीका जनप्रतिनिधिहरु चाडपर्वको नाममा लाखौं भत्ता बुझ्दै




गोपी ज्ञवाली –
नवलपरासीे । देश कोरोना महामारीले आक्रान्त बनेको बेलामा पश्चिम नवलपरासीका स्थानिय तहका जनप्रतिनिधीहरुले लाखाँै रुपियाँ चाडपर्व भत्ता बुझेका छन ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सभामुख, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रनिनिधिहरुका लागि चाडपर्व खर्चको प्रबन्ध नगरेको जनाए पनि पश्चिम नवलपरासीका स्थानीय तहका जनप्रतिनिधीहरुले लाखौं रुपैयाँ रकम चार्ड पर्व भत्ताको रुपमा बुझेको पाईएको छ ।
तीन नगरपालिका र चार गाउँपालिका गरि जम्मा सातवटा स्थानीय तह रहेका पश्चिम नवलपरासीमा स्थानीय तहका जनप्रतिनिधीहरुले चाडवार्ड भत्ता स्वरुप करिब ३६ लाख रुपियाँ भन्दा बढी रकम वितरण गरेको स्थानीय तहका लेखा शाखाहरुले जनाएका छन् ।
जनप्रतिनिधिहरुले दसैंंखर्च लिएको बारे आलोचना बढेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले विज्ञप्ती निकालेर चाडपर्व खर्च प्रबन्ध नगरेको प्रष्टिकरण दिएको अवस्थामा पश्चिम नवलपरासीका वर्दघाट नगरपालिकाले ७ लाख २० हजार, सुनवल नगरपालिकाले ६ लाख २८ हजार, प्रतापपुर गाउँपालिकाले ५ लाख ४७ हजार, सुस्ता गाउँपालिकाले ४ लाख ४५ हजार, सरावल गाउँपालिकाले ४ लाख ५० हजार, रामग्राम नगरपालिकाले ८ लाख ४० हजार लगाएत गरि जिल्लाका सात वटा स्थानिय तहका जनप्रतिनिधीहरुले जम्मा ३९ लाख भन्दा बढी रकम वितरण गरेको पाईएको छ ।
राजनैतिक भाषणको रुपमा जे जे कुरा आएको भए पनि स्थानिय तहमा प्रदेश सरकारको तर्फबाट कुनै पनि परिपत्र नआएकाले अन्य वर्ष झै स्थानीय तहले जनप्रतिनिधीहरुलाई कानुनले ब्यावस्था गरे अनुसार चार्डपर्व भत्ता वितरण गरिएको वर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यायले बताएका छन ।
चार्डपर्व भत्ता पालिकाका प्रमुख, उपप्रमुखको १५ हजार, वडा अध्यक्षको १० हजार, वडा सदस्यहरुको ८ हजार, कार्यपालिका सदस्यहरुको प्रतिब्याक्ति १० हजारका दरले वर्षमा एक पटक दिने गरी चार्डपर्व भत्ता वितरण गरिदै आएको सुनवल नगरपालिकाका लेखापाल लेखनाथ गौतमले बताए ।
प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले कुनै पनि जनप्रतिनिधिहरुले लिदैंनौ नभनेकाले प्रदेश सरकारले बनाएको कानुनअनुसार नै जनप्रतिनिधिहरुको खातामा रकम पठाएको बताएका छन ।
प्रदेश सरकारले बनाएको कानुनमा नगरपालिका र गाउँपालिका प्रमुख/उपप्रमुखले अन्य सुविधाबाहेक वार्षिक १५ हजारका दरले चाडपर्व खर्च पाउँछन् । त्यसैगरी दुवै स्थानीय तहका वडाअध्यक्षहरुले १२ हजार र कार्यपालिका सदस्यले १० हजारका दरले चाडपर्व खर्च पाउने उल्लेख छ ।
चाडपर्व खर्चमा नगरपालिकाका सदस्यले ८ हजार र गाउँपालिका सदस्यले ७ हजार पाउने उल्लेख छ ।

https://www.youtube.com/watch?v=IErgkfU8bwQ



सम्बन्धित
Loading...