पेट्रोलियम पदार्थको आयात घट्यो

लकडाउन तथा कोरोनाका कारण आर्थिक गतिविधि न्यूनीकरण हुँदा पेट्रोलियम पदार्थको खपत तथा आयात घटेको छ।भान्सादेखि सडकसम्म उपभोग हुने पेट्रोलियमको आयात घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार खाना पकाउने ग्यास, पेट्रोल तथा डिजेलको आयात घटेको छ।
विभागका अनुसार यो वर्ष साउनदेखि असोजसम्म खाना पकाउने ग्यास १० करोड ८४ लाख किलो आयात भएको छ। अघिल्लो वर्षको यही अवधिमा ग्यासको आयात ११ करोड २३ किलो आयात भएको थियो। यो वर्षको तीन महिनामा १ लाख २२ हजार ३०८ किलोलिटर पेट्रोल आयात भएको छ। अघिल्लो वर्षको यही अविधमा पेट्रोल १ लाख ५७ हजार किलोलिटर आयात भएको थियो।
तीन महिनामा १ लाख ९१ हजार किलोलिटर डिजेल आयात भएको छ। विभागका अनुसार अघिल्लो वर्ष ३ लाख ८ हजार किलोलिटर आयात भएको थियो।