साइबर ब्युरोले पक्राउ गर्न खोजिरहेका भिटेन उच्च अदालत पुगे
काठमाडौं, १८ कात्तिक । साइबर ब्युरोले पक्राउ गर्न पत्र पाएको एक सातापछि आफूलाई पक्राउ गर्ने आदेश रोक्का गरिपाउँ भन्र्दै र्यापर समिर घिसिङ भिटेन अदालत पुगेका छन् । भिटेन पक्राउ गर्ने आदेश राक्का गरिपाउँ भन्ने निवेदनसहित उच्च अदालत पाटन पुगेको बताइएको छ ।
पारा बोलको म्युजिक भिडियो युट्युवमा अपलोड गरेपछि सोही गीतको बिषयमा गुनासो आएको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गरि अनुशन्धान गर्न साईबर ब्युरोलाई पत्र पठाएको थियो ।
त्यसपछि उनले एक बिज्ञप्ति जारी गर्दै माफी मागेका थिए । उनले सो गीत युट्युवबाट हटाइसकेको र त्यसलाई परिमार्जन गरेर मात्र पुन अपलोड गर्ने प्रतिबद्धता जनाएका थिए । उनको पारा बोलको गीतमा अपशब्द, अस्लिल र प्रहरीका साथै महिलालाई पनि गाली गरेको भन्ने गुनासो आएको प्रहरीको भनाइ छ ।
यसअघि पनि गीतकै कारण पक्राउ परेका भिटेनले आगामी दिनमा असभ्य तथा कसैलाई आघात पुग्ने किसिमका शब्द प्रयोग गरेर म्युजिक भिडियो निर्माण नगर्ने प्रतिबद्धता जनाएपछि प्रहरीले छोडेको थियो ।
उता उच्च अदालत पाटनले भने भिटेनको निवेदन प्रक्रियामा रहेको बताएको छ ।
https://www.youtube.com/watch?v=2247ktAbCLE&t=3s
