कावासोतीमा नगदसहित जुवाको खालबाट ९ जना पक्राउ


File Photo


कावासोती । पूर्वी नवलपरासीको कावासोतीबाट नवलपुर प्रहरीले मंगलबार दिउँसो जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको छ ।
कावासोती ३ माने चोकमा थामबहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा नवलपुर प्रहरीले ९२ हजार ७ सय ३५ रुपैयाँ नगद सहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ७ जना पुरुष र २ जना महिला रहेका छन् । पक्राउ पर्नेैमा कावासोती ३ निवासी ४३ बर्षीय घरधनि थामबहादुर गुरुङ, ४० बर्षीय हिमाल भुजेल, ३२ बर्षीय मिनबहादुर पुन, ३८ बर्षीय तुलबिर पुन, ३५ बर्षीय लालबहादुर तामाङ, ३२ बर्षीय दिपक शर्मा, २९ बर्षीय मनबहादुर लामा गुरुङ, कावासोती ३ निवासी ६४ बर्षीया पेमा तामाङ र ३५ बर्षीया मनिशा गुरुङ रहेका छन्् ।
पक्राउ परेका सबै अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेका छन् ।

 



सम्बन्धित
Loading...