आईपीएलको प्लेअफमा पुग्ने चार टोलीको टुंगो


काठमाडौं- इण्डियन प्रिमियर लिग अन्तर्गत समूह चरणका खेलहरु सकिएसँगै प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।




गएराति सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई १० विकेटले पराजित गरेसँगै हैदरावाद प्लेअफमा पुगेको हो ।

मुम्बईले दिएको १५० रनको लक्ष्य पछाएको हैदरावादले १७.१ ओभरमा बिना कुनै विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मुम्बईमाथि १० विकेटको जित हासिल गर्दै सनराइजर्स हैदरावाद तेस्रो हुदै प्लेअफमा पुगेको हो ।




समग्रमा समुह चरणमा मुम्बई इण्डियन्सले १४ खेलमा ९ जितका साथ पहिलो भयो भने दिल्ली क्यापिटल्स १४ खेलमा ८ जितका साथ १६ अंकसहित दोस्रो भएको छ ।

त्यस्तै सनराइजर्स हैदरावादको ७ जितपछि १४ अंकसहित तेस्रो र रोयल च्यालेन्जर्स बैंगलोरको ७ जितपछि १४ अंकसहित चौथो भएको छ । यो सँगै कोलकोता नाइटराइडर्सको यस सिजनको आईपीएल यात्रा समाप्त भएको छ ।

अब प्लेअफ अन्तर्गतको पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स विहिबार खेल्ने छन् । यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ ।

त्यस्तै इलिमिनेटर अन्तर्गत सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोर शुक्रबार खेल्ने छन् । यस खेलको विजेता पहिलो क्वालिफायरको पराजित टिमसँग दोस्रो क्वालिफायर खेल आगामी आइतबार खेल्ने छन् । यस खेलमा पराजित टिमको आईपीएल यात्रा समाप्त हुने छ ।

आईपीएलको फाइनल खेल आगामी मंगलबार हुनेछ ।




सम्बन्धित
Loading...