घाँस काट्न जाँदा नवलपुरमा भिरबाट खसेर मृत्यु




नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) मा बुधबार बिहान भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बुलिङटार गाउँपालिका ५ निवासी ३१ बर्षीया पिहिसरा सार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।




बुधबार बिहान ६ः१५ बजेको समयमा लापाकको भिरमा घाँस काट्न जाने क्रममा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाँस काट्न गएकी सार्की अबेरसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा मृत अवस्थामा भेटेका हुन् ।

 

https://www.youtube.com/watch?v=B9qnuN2hWoc



सम्बन्धित
Loading...