कालीगण्डकी कोरिडोरमा सुक्का पहिरो खस्दा नवलपुरका ५ जना मजदुरको निधन

रामकुमार श्रेष्ठ-
नवलपरासी, १९ कात्तिक । पूर्वी नवलपरासीको बुलिङ्गटारमा पर्ने कालीगण्डकी कोरिडोरमा सुक्का पहिरो खसेर ५ जनाको निधन भएको भएको छ ।
बुधबार साँझ साढे पाँच बजेतिर कालिगण्डकी कोरिडोर अन्तरगतको पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ मा तारजाली भर्ने क्रममा माथिबाट खसेको सुक्का पहिरोमा परी घटना स्थलमै ५ जनाको निधन भएको हो । २ जना घाइते भएका छन् ।
मृतकको शव उद्दार गरी स्वास्थ्य चौकीमा राखिएको र घाइते दुई जनालाई उद्दार गरी उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
मृत्यु हुनेमा बुलिङ्गटार ४ निवासी २८ बर्षीय तुलबहादुर सारु, २० बर्षीय गोपाल गर्जा मगर, ४२ बर्षीय सुनबहादुर पुलामी मगर, २० बर्षीय ताराबहादुर लंगेली मगर र २० बर्षीय चेतबहादुर अस्लामी मगर रहेका छन् ।
त्यसैगरी २० बर्षीय केवलंिस लुंगेली मगर, २१ बर्षीय कृष्ण लुंगेली घाइते रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते तथा मृतकहरुको स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेको थियो ।
https://www.youtube.com/watch?v=B9qnuN2hWoc&t=744s