दुई दिनदेखि हराइ रहेका गैडाकोटका दुई जना युवा मृतअवस्थामा फेला
केशब तिवारी –
गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोटबाट दुई दिनदेखि हराई रहेका दुई जना युवा मृत अवस्थामा फेला परेका छन् ।
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ निवासी २६ बर्षीय विजयबाबु पौडेल र २१ बर्षीय संगम पौडेल बुधबार मृत अवस्थामा भेटिएको हो । दुवै जना सोमबारदेखि हराएका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार गैडाकाट नगरपालिका ३ स्थित जयश्री खोलाको बाधमा एक जनाको पानीमा तैरिरहेको अवस्थामा र १ जनाको पानीमा डुबिरहेको अवस्थामा शव फेला परेको हो ।
प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।
https://www.youtube.com/watch?v=B9qnuN2hWoc&t=744s