कावासोती नगरपालिका ४ जना कर्मचारीमा कोरोना देखिएपछि कावासोती नगरपालिका बन्द
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका ४ जना कर्मचारीमा कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि कावासोती नगरपालिका ७ दिनको लागि बन्द गरिएको छ ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीका अनुसार कातिक २० गतेदेखि २६ गतेसम्मका लागि नगरपालिकाको कार्यालय बन्द गरिएको हो ।
कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले नगरपालिकाका ४ जना कर्मचारीमा कोभिड १९ पोजेटिभ देखिएका कारण ७ दिनका लागि नगरपालिका बन्द गरिएको बताए ।
नगरपालिकाको कार्यालय बन्द भए पनि वडा कार्यालयबाट प्रवाह हुने सेवा भने बन्द नरहने नगरपालिकाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
https://www.youtube.com/watch?v=B9qnuN2hWoc&t=999s
