होङसी सिमेन्टको टिप्पर दुर्घटनामा परी दुई जनाको निधन


कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ भुटुके डाँडा सल्लाघारीको भित्री सडक खण्डमा होङसी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुके तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ००७५ नम्बरको खाली टिप्पर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै निधन भएको छ ।
विहीबार दिउँसो उक्त दुर्घटनामा भएको थियो । दुर्घटनामा परी टिप्पर चालक बारा जिल्लाको सिमरा निवासी ४२ बर्षीय रामहरी थापा र सोही टिप्परका सह चालक ३५ बर्षीय राजेन्द्र चौधरी रहेका छन् ।
टिप्पर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । टिप्पर सडकबाट ३ सय मिटर तल खसेको थियो ।



https://www.youtube.com/watch?v=duxk6Zc44II



सम्बन्धित
Loading...