नारायणी पब्लिक कलेजले लियो आफ्नै फुटसल ग्राउण्डमा कक्षा ११ को परीक्षा – फोटो फिचर


चितवन, कार्तिक २२ ।  राष्ट्रिय परिक्षा बोर्डको निर्देशिका र हिसान चितवनको निर्णय अनुसार नारायणी पब्लिक कलेज चितवनले आइतबारदेखि कक्षा ११ को परीक्षा संचालन गरेको छ ।



कक्षा ११ का ४ सय ५२ जना बिद्यार्थीहरुलाई कलेजले बिहानी तथा दिवा सिफ्टमा कलेजको आफ्नै फुटसल ग्राउण्डमा परिक्षा लिन लागेको हो । आजबाट सुरु भएको परिक्षा कार्तिक २७ गतेसम्म संचालन हुने कलेजका +2 कोअर्डिनेटर जनकराज घिमिरेले बताएका छन ।

कोरोनाको संक्रमणदर तिब्र रुपमा बढिरहेको चितवनमा परीक्षा दिन पुगेका बिध्यार्थीहरुलाई  मास्क र सेनिटाइजर प्रयोग गरि शरीरको तापक्रम जांच गरेर मात्र परीक्षा दिन लगाइएको थियो ।




कोरोनाबाट बच्न र बचाउनका लागि परीक्षा हलमा जानु अघि अनिवार्य स्वास्थ्य चेकजाँचका साथै मास्कको प्रयोग गर्न लगाईएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेश्वर खनालले बताए ।

हरेक दिन बिध्यार्थी र शिक्षक सबैको स्वास्थ्य जाँच र सुरक्षा सामाग्री प्रयोग पछि मात्रै आफ्नै ब्यबस्थित फुटसल चौरमा परीक्षा संचालन हुने कलेजले जानकारी गराएको छ ।

फोटो फिचर



सम्बन्धित
Loading...