कृषकलाई दुधको क्यान वितरण





चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ९ का कृषकहरुलाई दूधको क्यान वितरण गरिएको छ । वडा भित्रका ८ वटा दुग्ध कृषक समूहका १३५ कृषकलाई आज क्यान वितरण गरिएको हो ।

कोरियन संस्था कोइकाको आर्थिक सहयोगमा १० लिटर क्षमताको क्यान वडाध्यक्ष लक्ष्मीप्रसाद ज्ञवालीले हस्तान्तरण गर्नुभएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा गुडस् नेइबर्स इन्टरनेशनल संस्थाको प्राविधिक संयोजन र सहमति संस्थाद्वारा संचालित मध्यविन्दु कृषि सहकारी संस्था मध्यविन्दु ९ को समन्वय रहेको थियो ।




मध्यविन्दु ९ भित्रका आठ सय उनानब्बे घर धुरीमध्ये १४० घरधुरीका कृषक साना किसान अन्तर्गत वर्गिकृत गरिएकाले सो मध्येका नाम टिपाउनु भएका १३५ घरधुरीका कृषकलाई क्यान वितरण गरिएको सहमति संस्थाका फिल्ड भिजिटर विद्या गैरेले बताए ।




सम्बन्धित
Loading...