चितवनमा मोटरसाइकल चोरी गर्ने ७ जना पक्राउ




चितवन । भरतपुरमा मोटरसाइकल चोरी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न मितिमा भरतपुर महानगरपालिका स्थित भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक पावर हाउस चोक, विक्रममार्गलगायत विभिन्न स्थानहरुबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।




पक्राउ पर्नेहरुमा बारा जिल्ला करैयामाई गाउँपालिका–५ घर भई चितवनको खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, बाराको सोही स्थानमा घर भई अहिले भरतपुर महानगरपालिका–३ बस्ने वर्ष १९ को राकेश चौधरी रहेका छन् ।

त्यसैगरी बारा कोल्हवी नगरपालिका–७ बस्ने वर्ष २४ को महेश चौधरी, भरतपुर महानगरपालिका–११ बस्ने वर्ष २६ को दिनेश गुरूङ, भरतपुरकै २५ वर्षीय मनोज दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्यसैगरी चितवन प्रहरीले चोरीका मोटरसाइकल किन्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समिर चौधरी र सोही स्थान स्थायी ठेगाना भएको २८ वर्षीय अमृत चौधरी रहेको जनाएको छ ।

उनीहरुबाट प्रहरीले चारवटा मोटरसाइकल, मोटरसाइकलको लक तोड्ने र चाबी बनाउने सामग्रीहरु पनि बरामद गरेको छ । प्रहरीले चार वटा बेवारिसे मोटरसाइकल पनि नियन्त्रणमा लिएकोे छ ।

https://www.youtube.com/watch?v=IErgkfU8bwQ&t=2s



सम्बन्धित
Loading...