नेपाल पत्रकार महासंघले पत्रकार पुनबहालीका लागि निर्णायक आन्दोलन थाल्ने





काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न मिडिया हाउसबाट लकडाउन र कोरोनाको बाहनामा जागिरबाट हात धुन परेका पत्रकारहरुको पुनर्बहालीको लागि आन्दोलन गर्ने भएको छ ।

आइतबार नेपाल पत्रकार महासंघको आयोजनामा भएको अनलाइन भर्चुअल अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले यस्तो बताएका हुन् ।


नेपाल पत्रकार महासंघको आयोजनामा आइतबार भएको अन्तरक्रियामा प्रेस संगठन, प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठनका प्रतिनिधि, पीडित पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रियाले कात्तिक २६ गतेदेखि निर्णयक आन्दोलन थाल्ने र पत्रकारहरुलाई जागिरबाट निकाल्ने र तलब नदिने सञ्चारगृहहरुमा धर्ना दिने लगायतका कार्यक्रमहरु तय गरेको छ ।

कार्यक्रममा सहभागी सबैले आआफ्नो धारणा राखेका थिए। सहभागीहरुले आन्दोलनलाई देशभर लैजानु पर्नेमा जोड दिएका थिए।




सम्बन्धित
Loading...