नवलपुरमा पटेका बरामद
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारबाट प्रहरीले विभिन्न प्रकारका पटेकाहरु बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विना विलको अविरजन्य पदार्थ र पटका बरामद गरेको हो ।
प्रहरीले अविरजन्य पदार्थ १६६ किलो, रकेट बम पटका २९० थान, झिरझिरे पटका २०३० थान, चङ्गे बम पटका ९० थान, सानो पटका ९५० थान र चक्की भुई चम्पा १९० थान बरामद गरेको छ ।
