दुम्किबासमा सवारी दुर्घटना एक जना घाइते
कावासोती । पूर्वी नवलपरासीको दुम्किबासमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमागको विनयी त्रिवेणी गाउँपालिका १ होङसी गेट अगाडि ट्रक र जिप एक आपसमा ठक्कर खाँदा जिपमा सवार एक जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ग २ च ८०२२ नम्ब।रको जिपलाई ना ३ ख २७०१ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
दुर्घटनामा परी जिपमा सवार तनहुको ब्यास नगरपालिका ४ बस्ने २५ बर्षीय दिनेश शाही घाइते भएका छन् । उनको उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।