नवलपुरमा संक्रमितको संख्या २०५३ पुग्यो




नवलपुर । नवलपुरमा कोभिड १९ का संक्रमितको संख्या २ हजार ५३ पुगेको छ ।

मंगलबार थपिएका २५ जना सहित नवलपुरमा संक्रमितको संख्या २ हजार ५३ पुगेको हो । मंगलबार नवलपुरमा गैडाकोटका ८ जना, देवचुलीका ३ जना, कावासोतीका ७ जना, मध्यविन्दुका ५ जना र विनयी त्रिवेणीका २ जना रहेका छन् ।




नवलपुरमा सबैभन्दा बढी गैडाकोट नगरपालिकामा ५८४ जना संक्रमित पुगेका छन् ।

त्यसैगरी कावासोतीमा ४८९ जना, देवचुलीमा ४३३ जना, पुगेको छ ।

त्यसैगरी मध्यविन्दु नगरपालिकामा १९५ जना, विनयी त्रिवेणी गाउँपालिकामा १७० जना, हुप्सेकोटमा ८७ जना, बुलिङटारमा ४५ जना र बौदीकालीमा ५० जना संक्रमित पुगेका छन् ।

मंगलबारसम्म नवलपुरमा संक्रमितमध्ये १४ सय ४७ जना निको भएर फर्किएका छन् भने नवलपुरमा संक्रिय संक्रमितको संख्या ५८२ रहेका छन् ।

नवलपुरमा शुक्रबारसम्म कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।



सम्बन्धित
Loading...