सरकारी अनुदानको धानमा कम फले पछि किसानहरु मर्कामा


  • गोपी ज्ञवाली –



नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले अनुदानमा वितरण गरेको धानको विउँबाट कम मात्रामा धान फले पछि किसानहरु मर्कामा परेका छन ।

गत जेठ महिनामा सुनवल नगरपालिकाले नगरपालिका भित्रका किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको विउ किसानहरुलाई वितरण गरेको थियो । सुनवल नगरपालिकाले अनुदानमा वितरण गरेको धानको विउ गुणस्तर हिन भएकाले सुनवल क्षेत्रमा अत्यन्तै कम बाल लाग्यो बाला लागेका धानमा दाना नै नलागेका कारण धानको उत्पादन हत्तै हटेको सुनवल ३ किर्तीपुरका किसान अगुवा.विमल ढकालले बताए।


सुनवल नगरपालिकाले किसानहरुलाई बहुगुणी, सावा र रामधान गरि तीन प्रकारका प्रजातिको धानको विउ वितरण गरेको थियो । नगरपालिकाका सबै वडाहरुबाट आधी मुल्यमा धानको विउ वितरण गरिएको थियो । नगरपालिकाले अनुदानमा दिएको धानको विउका कारण यस वर्ष करिब ५० प्रतिशत धान कम फलेको बताईएको छ ।

अन्य समयमा किसानहरुले हाईब्रीड धानको विउ लगाउने गर्दथे भने यस वर्ष नगरपालिकाले वितरण गर्दा उन्नत जातको विउ वितरण गरेकोले केही प्रतिशत धान उत्पादन घटेको सुनवल नगरपालिकाका कृषि शाखा प्रमुख संतोष कंडेलले बताए।

जिल्लामा अन्य स्थानमा पनि यस वर्ष धानको उत्पादन घटेको बताईएको छ । धानको सीजनमा पानी प्रयाप्त परेको भए पनि धानमा फुल लाग्ने बेलामा हावा हुरी सहितको पानीपरेकाले धानमा निषेचन हुन नपाएका कारण, धान फलने बेलामा गवारो र अन्य प्रकारका रोगका कारण पनि धान उत्पादन घटेको बताईएको छ ।




सम्बन्धित
Loading...