करिब दुई लाख नगद सहित कावासोतीमा जुवातास खेलिरहेका ८ जना पक्राउ




कावासोती । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले चाडपर्वमा जुवा तास खेल्नेहरुलाई नियन्त्रणमा लिने क्रमलाई तिब्र बनाएको छ ।

बुधबार विहान मात्रै नवलपुर प्रहरीले कावासोतीमा जुवा तास खेलिरहेको अवथामा करिब २ लाख रुपैयाँ नगद सहित ८ जनालाई पक्राउ गरेको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरमा कावासोती १५ गुदारमा मिनराज महतोको घर तास खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा देवचुली ११ का ३६ बर्षीय लिलबहादुर राना, कावासोती १५ का २७ बर्षीय युवराज महतो, २६ बर्षीय रुमेश महतो, ४२ बर्षीय मिनबहादुर थारु, कावासोती १७ का ३३ बर्षीय मधु मगर, कावासोती ८ का ३५ बर्षीय जितेन्द्र शाह र बुलिङटार ४ निवासी ३० बर्षीय छालबहादुर मुक्मी रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ३ बुक तास, नेपाली रुपैयाँ १ लाख ८६ हजार ९ सय ५ रुपैयाँ, १२ हजारको चेक, १ सय ३० रुपैयाँ भारतीय नोट र विभिन्न देशको पैसा २ हजार २ सय ५० रुपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुर र प्रहरी चौकी कोल्हुवाको टोली गएर उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई जुवा ऐन अनुसार कारवाही गरिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।



सम्बन्धित
Loading...