चितवनमा कोरोना संक्रमित पुरूषको उपचार क्रममा मृत्यु


चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।



श्वासप्रश्वासको समस्याका कारण अस्पताल भर्ना भएका भरतपुर–२ का ५५ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए।

उनमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।




अस्पतालको आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेका उनको बुधबार दिउँसो मृत्यु भएको डा.लम्सालले बताए।

ती बिरामीमा उच्च रक्तचाप र मधुमेहको समस्या पनि थियो।



सम्बन्धित
Loading...