मृगौला पीडित सीता पौडेललाई पाण्डे दम्पत्तिको सहयोग

397







कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २, कुमारवर्ती क्याम्पस रोड निवासी मृगौला पीडित सीता पौडेललाई उपचारका लागि कावासोती ३ निवासी ध्रुव पाण्डे परिवारले आर्थिक सहयोग गरेको छ ।

धु्रव पाण्डे र उनकी श्रीमती कृष्णकुमारी पाण्डेले २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । शुक्रबार पौडेलकै निवासमा पुगेर कावासोती नगरउपप्रमुख प्रेमशंकर मर्दनिया र वडा अध्यक्ष लक्ष्मी पौडेलको उपस्थितिमा सहयोग गरेका हुन् ।

मृगौला पीडित पौडेल २०७० सालदेखि मृगौला रोगबाट ग्रसित छिन् । उनको दुवै मृगौलाले काम नगरेर मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्थामा पुगेको छ ।

पौडेललाई अहिले सातामा दुई पटक डायालासिस गरिरहनु परेको छ । आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकेपछि पीडित परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् । सहयोगका लागि पीडित पौडेलको नाममा रहेको गरिमा विकास बैंकको खाता नम्बर १७०१३००६९५०२०००००१ मा सहयोग गर्न सक्नुहुनेछ ।

 

You might also like
Loading...