कावासोतीमा दुर्घटना ३ जना घाइते


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् ।



नवलपुर प्रहरीका अनुसार कावासोती थाना चोकदेखि पूर्वको जंगलमा पूर्वबाट पश्चिम आउँदै गरेको लु ४३ प ६९३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व जाँदै गरेको ना ३८ प ५६७२ नम्बरको स्कुटी एक आसपमा ठक्कर खाँदा ३ जना घाइते भएका हुन् ।

मोटरसाइकल र स्कुटीमा सवार ३ जना नै घाइते भएको र उनीहरुको नवलपुर अस्पताल कावासोतीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।




घाइते हुनेहरुमा कावासोती ५ का १८ बर्षीय पर्शुराम कुमाल, २२ बर्षीय नरेन्द्र आले र कावासोती ३ निवासी २२ बर्षीय राजेन्द्र सुनार रहेका छन् ।

https://www.youtube.com/watch?v=46p3bMIRisA



सम्बन्धित
Loading...