अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध

58







एजेन्सी- अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरोध भएको छ ।

पाकिस्तानी प्रधानमन्त्री खान अफगानिस्तानको भ्रमणमा रहेका बेला उनीविरुद्ध विरोध प्रदर्शन भएको हो ।

पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र सहयोग गरेको भन्ने आरोपमा उनको विरूद्ध प्रदर्शन गरिएको बताइएको छ ।

हालैमात्र एक अन्तर्राष्ट्रिय प्रतिवेदनमा पाकिस्तानमा आतंकवादीहरुको बसोबास रहेको भन्दै एक समाचार सार्वजनिक भएको थियो ।

यसै विषयलाई लिएर अफगानिस्तानका केही स्थानमा पाकिस्तानले आतंकवादीलाई बस्न दिन नहुने भन्दै प्रधानमन्त्री इमरान खानका विरुद्धमा प्रदर्शन गरिएको हो ।

खान अफगानिस्तानका राष्ट्रपति असरफ घानीको आमन्त्रणमा अफगानिस्तान भ्रमणका लागि बिहीबार काबुल पुगेका छन् ।

 

You might also like
Loading...