स्थानीय निकायको चुनावको झल्को दिने गरी सामुदायिक वनमा निर्वाचन





कृशला सापकोटा –

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ मा रहेको घुमाउरी सामुदायिक वनको नयाँ कार्यसमिति चयनका लागि मतदान भएको छ ।


सत्तारुढ दल नेकपा र नेपाली काँग्रेसको दुई छुट्टा छुट्टै प्यानलबाट नयाँ नेतृत्वको लागि उमेद्वारी परेपछि मतदान भएको हो ।
निर्वाचन अघि मतमाग्ने घरदैलो गर्ने सम्मका प्रचारप्रसारका गतिविधिहरु भएका थिए ।

शनिबार विहान ८ बजेबाट मतदान शुरु भएको हो । घुमाउरी सामुदायिक वनमा ५ सय उपभोक्ता रहेका छन् । यहाँ दिउँसो १२ बजेसम्म करिब २ सय मत खसेको अनुमान गरिएको छ ।

कोरोनाको कहरका बीच भएको निर्वाचनको मतगणना शनिबार नै शुरु हुने निर्वाचन मण्डलका संयोजक खगराज कंडेलले बताए ।
अध्यक्ष पदका लागि कृष्णबहादुर क्षेत्री र दीपक भट्टराईको उम्मेद्वारी परेको हो ।




सम्बन्धित
Loading...