राखेप सदस्य बस्याललाई चितवनमा सम्मान

196







राष्ट्रिय खेलकुद परिषद सदस्यमा नियुक्ति भएका नन्दा बस्याललाई चितवनमा चितवन जिल्ला तेक्वान्दो कार्यसमिति र खेलाडीहरुद्वारा सम्मान गरिएको छ ।
बुधबार चितवन तेक्वान्दो प्रशिक्षण केन्द्र टाँडीमा उनलाई सम्मान गरिएको भारतीय सेना तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी र प्रशिक्षक रमेश कार्कीले बताए ।
कर्णाली प्रदेशबाट परिषद्को सदस्यमा मनोनित भएको बस्याल कर्णाली प्रदेश र तेक्वान्दो खेलको नै एउटा इतिहास बन्न सफल पहिलो महिला पनि हुन।

बस्याल वि।सं २०५० सालदेखि खेलकुद क्षेत्रमा अनुवन्धित भएकी हुन् । उनी तेक्वान्दोको पूर्व राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय प्रशिक्षक, महिला सशक्तीकरणकी केन्द्रिय अध्यक्ष र कलाकार समेत हुन् ।

 

You might also like
Loading...