विना दर्ता सञ्चालित नवलपुरका दुई बालुवा प्रशोधन उद्योग बन्द




रामकुमार श्रेष्ठ –

नवलपरासी, १२ मंसिर । विना दर्ता सञ्चालनमा रहेको पूर्वी नवलपरासीका दुई वटा बालुवा प्रशोधन केन्द्र शुक्रबार शिल गरिएको छ ।




पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ मा सञ्चालनमा रहेको देउराली बालुवा प्रशोधन उद्योग र कावासोती ९ को भोलेबाबा बालुवा प्रशोधन उद्योग शिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनबहादुर थापाले शुक्रबार दुई वटा बालुवा प्रशोधन उद्योगमा विद्युत लाइन काटुनका साथै उद्योग शिल गरिएको बताए ।

https://www.youtube.com/watch?v=3JYnHYOA7IE

देउराली बालुवा प्रशोधन केन्द्र विगत ५ बर्षभन्दा अगाडिदेखि देउरालीको गिरुवारी खोला किनारमा सञ्चालनमा रहेको थियो । त्यसैगरी कावासोती ९ को बोलेबाबा बालुवा प्रशोधन उद्योग केरुङ्गे खोला किनारमा सञ्चालनमा रहेको थियो ।

नवलपुरमा अहिले जिल्ला प्रशासन कार्यालय नवलपुरको नेतृत्वमा साना तथा घरेलु उद्योग, आन्तरिक राजश्व कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, सुरक्षा निकायको संयुक्त टोलीले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रको अनुगमनलाई तिब्रता दिएको छ ।

नवलपुरमा एक दर्जन बढी क्रसर उद्योग र ५ दर्जन बढी बालुवा प्रशोधन केन्द्र सञ्चालित छन् ।

https://www.youtube.com/watch?v=SgLygJ4Metc&t=1s



सम्बन्धित
Loading...