नवलपुरका ३ पालिकामा अस्पताल शिल्यान्यास
नवलपुर, १५ मंसिर । पूर्वी नवलपरासीमा सोमबार ३ वटा पालिकामा पालिका स्तरीय अस्पतालको शिलान्यास गरिएको छ ।
४ वटा गाउँपालिका र ४ वटा नगरपालिका रहेको नवलपुरमा गैडाकोट नगरपालिका, देवचुली नगरपालिका र बौदीकाली गाउँपालिकामा १५।१५ शैयाको अस्पताल शिलान्यास गरिएको हो ।
नवलपुरमा कावासोती १६ डण्डामा रहेको जिल्ला अस्पताल पनि अहिले १५ शैयाको मात्र रहेको छ ।
गैडाकोटको पितौजीमा रहेको उपस्वास्थ्य चौकीलाई पालिका स्तरीय अस्पताल गराउने गरी सोमबार गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले शिलान्यास गरेका थिए ।
गैडाकोटमो पितौजीमा ३६ कोठा रहेको भवन र १५ शैयाका अस्पताल निर्माणका लागि भवन शिल्यान्यास गरिएको हो । गैडाकोटमा सोमबार शिलान्यास गरिएको अस्पताल १८ करोडको लागतमा निर्माण हुन लागेको हो ।
त्यसैगरी देवचुली नगरपालिकाले सोमबार दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई पालिका स्तरीय १५ शैयाको अस्पताल गराउने गरी अस्पतालको शिलान्यास गएिको उपप्रमुख पार्वता तिवारीले बताइन् ।
https://www.youtube.com/watch?v=tjFEr2FA12c