मध्यविन्दु जिल्ला अस्पतालमा दरबन्दी अनुसारका छैनन् सरकारी स्वास्थ्यकर्मी




नवलपुर, १५ मंसिर । पूर्वी नवलपरासीको जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी नभएको पाइएको छ ।

सामुदायिक अस्पतालको रुपमा सञ्चालनमा रहेको मध्यविन्दु अस्पताल जिल्ला अस्पताल बने लगतै १५ शैयाको अस्पतालको रुपमा सञ्चालनमा रहे पनि यहाँ सरकारी दरबन्दी ३१ ज्ना स्वीकृत भए पनि दरबन्दी अनुसारको कर्मचारी भने नभएको पाइएको हो ।




मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेकिडल सुपरिटेन्डन्ट डा. सुनिल राज गौतमका अनुसार कार्यालय सहयोगी ११ जना र अन्य २० जना गरी ३१ जनाको दरबन्दी रहेकोमा ६ जना मात्र दरबन्दीका कर्मचारी तथा स्वास्थ्यकर्मी रहेका छन् ।

गौतमका अनुसार बाँकी कर्मचारी तथा स्वास्थ्यकर्मीहरु भने निजी स्रोतबाट पदपूर्ति गरेर अस्पतालकै आम्दानीबाट पाल्नु परेको अवस्था रहेको छ ।

यहाँ ११ जना कार्यालय सहयोगी, १ जना प्रशासन तर्फका सुब्बा तहका कर्मचारी, १ जना नौं तहका कल्सल्टेन्ट, २ जना मेडिकल अधिकृत, ६ जना स्टाफ नर्स, २ जना अनमि, १ जना एचए, २ जना अहेव,, १ जना ल्याप टेक्निसियन, २ जना ल्याप असिटेन्ट, १ जना मेडिकल रकर्डरको दरबन्दी भए पनि अहिले मध्यविन्दु जिल्ला अस्पतालमा सरकारले १ जना मेडिकल अधिकृत, २ जना स्टाफ नर्स, १ जना एसए, १ जना ल्याप टेक्नेसियन र एक जना मेडिकल रेकडर मात्र पठाएको छ ।

बाँकी कर्मचारी अस्पताल आफैले व्यवस्थापन गरेर अस्पताल सञ्चालन गरेको निमित्त मेडिकल सुपरिटेन्डन्ट डा. सुनिल राज गौतमले बताए ।

https://www.youtube.com/watch?v=tjFEr2FA12c



सम्बन्धित
Loading...