थप १९३१ जना कोरोनामुक्त, १४७४ संक्रमित थपिए, थप २९ कोरोना संक्रमितको मृत्यु
काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप १९३१ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हालसम्म २ लाख १४ हजार ५२१ संक्रमित निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४७४ संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । जसमा १७ हजार ४२३ सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि आईतवार २५ संक्रमितको मृत्यु भएको थियो । हाल आइशोलेशनमा १७ हजार ४२३ जना छन् भने ५३५ जना क्वारेन्टाइनमाा छन् ।
नेपालमा हालसम्म १७ लाख ३७ हजार ७४७ वटा पिसिआर गरिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।