उखु किसानहरुले आन्दोलन गर्ने

245







गोपी ज्ञवाली –
नवलपरासी, १५ मंसीर । पश्चिम नवलपरासीमा संचालनमा रहेका चिनी मिलहरुले उखु किसानहरुको भुगतानी गर्न बाकी रहेको करोडौं रुपियाँ रकम भुगतानी गर्न नमाने पछि उखु उत्पादक किसानहरु आन्दोलन गर्ने भएका छन ।

पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग एवं ईन्दीरा चिनी उद्योग गरि तीन वटा चिनी उद्योगले उखु किसानहरुको करोडौं रुपिया भुगतानी गर्न बाकी रहेको र अहिले सम्म बारम्बार बुझाउने प्रतिबद्धता गरेको भए पनि किसानहरुको उखुको रकम भुग्तानी नगरे पछि किसानहरु आन्दोलनमा जाने निश्कर्षमा पुगेको पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई कृषि मजदुरहरु एवं किसानहरुको एउटा टोलीले ज्ञापन पत्र बुझाउदै मंसीर १५ गते सम्म किसानहरुको बाँकि रहेको रकम भुगतानी नगरेको अवश्थामा आफुहरुले चरणद्ध आन्दोनलको शरुवात गर्ने राष्ट्रिय कृषि श्रमिक संघ नेपाल नवलपरासीका अध्यक्ष निम नारायण चौधरीले बताएका छन ।

चिनी मिल संचलकहरले निर्धारित समयमा रकम भुगतानी नगरेको खण्डमा यही मंसीर १६ गते देखी आन्दोलनको शुरुवात गर्ने राष्ट्रिय कृषि श्रमिक संघ नेपाल नवलपरासीका अध्यक्ष चौधरीले बताउनु भएको छ । आन्दोलनका क्रममा जिल्ला सदरमुकाम परासीमा प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ हुदै मंसीर २७ गते देश भरी कै किसानहरुले काठमाण्डौको माईतीघर मण्डलामा संयुक्त रुपमा प्रदर्शन गर्ने योजनाहरु रहेको बताईएको छ ।

पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग एवं ईन्दीरा चिनी उद्योग गरि १८ करोड भन्दा बडि रकम किसानहरुलाई भुगतानी गर्न बाँकी रहेको छ ।

You might also like
Loading...