बुवाको स्मृतिमा अक्षयकोष स्थापना

181







तुलसीपुर । दाङ तुलसीपुर निवासी क्रान्तिकारी पत्रकार महासंघको केन्द्रिय सल्लाहाकार एवम् अग्रज पत्रकार तथा साहित्यकार हिरामणि दुखीले आफ्ना बुवा देवीराम पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।

२०७७ साल असार १७ गते निधन भएका बुवा देबिराम पौडेलको स्मृतिमा छोरा हिरामणी दुखीले एक लाख एक हजार छ सय पचास रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

आफुले कक्षा ४ देखि ७ सम्म अध्ययन गरेको र स्कुल स्थापनाकालदेखि महत्वपूर्ण योगदान पु¥याउदै आएको गुरुजजुर माद्यामिक बिद्यालय रक्षाचौरमा सोमबार एक कार्यक्रम बीच अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् ।

अक्षयकोषका सस्थापक हिरामणी दुखीले विद्यालयका प्रधानाध्यापक बिष्णुकुमारी केसीलाई चेक हस्तान्तरण गरेका थिए ।

अक्षयकोष हस्तान्तरण कार्यक्रममा बोल्दै दुखीले यश बिद्यालयमा अध्ययनरत गरिव तथा जेहन्दार बिद्यार्थीहरुलाई बार्षिक रुपमा छात्रवृत्ति दिदै मृतक आफ्ना अभिभावकको नाम चीरस्थायी हुने भएकोले अक्षयकोष स्थापना गरेको बताए ।

दुखीले आफू माक्र्सवादी बिचारतर्फ आबद्ध भएको बताउँदै सच्चा कम्युनिष्टले आध्यात्मिक चिन्तन नमान्ने हुँदा आफुले बुवाको धार्मिक काजकिरिया नगरेको बरु त्यसकार्यमा लाग्ने खर्चलाई अक्षयकोषमा राखेर बिद्यालयमा वर्गीय रुपमा उत्पीडित वर्ग जाति समुदायका उत्कृष्ट छात्रछात्रालाई पुरस्कार दिने व्यवस्था मिलाउन उचित भएको बताए ।

विद्यालयका प्रधानाध्यापक बिष्णुकुमारी केसीले अक्षयकोष स्थापना गरेर समाजसेवी हिरामणी दुखीले निकै महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक गोपाल बुढाथोकीले गरेका थिए भने कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा दाङ सचिव तथा अक्षयकोष सञ्चालक समितिका सदस्य ईश्वरी प्रसाद गैरे लगायतको सहभागिता रहेको थियो ।

You might also like
Loading...